अर्थ

तमोर–मैवा जलविद्युत् आयोजनाको निर्माण यसै वर्षदेखि
SHARES

जेठ १, २०७५

    ताप्लेजुङ : १२८ मेघावाटको तमोर–मैवा जलविद्युत् आयोजनाको निर्माण कार्य यसै वर्षदेखि सुरु हुने भएको छ। स्पार्क हाईड्रो ईलेक्ट्रिक कम्पनीको अगुवाइमा निर्माण हुने उक्त आयोजनाको निर्माण आगामी हिउँदबाट नै सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको स्पार्क हाईड्रो ईलेक्ट्रिक कम्पनीका अध्यक्ष तथा प्रबन्धक भानेन्द्र कुमार लिम्बूले जानकारी दिए। 

    आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार गरेर असार ९ अघि नै निर्माण अनुमति लिने र हिउँद लागेसँगै काम थालिने लिम्बूको भनाइ छ। मैवाखोला र तमोर नदीको पानीलाई एकीकृत गरी झण्डै ९ किलोमिटर दूरीको सुरुङमार्फत विद्युत् गृहसम्म पुर्‍याउने योजना रहेको छ। मेवाखोलाबाट १६ र तमोर नदीबाट ११२ मेघावाट गरी जम्मा १२८ मेघावाट क्षमताको विद्युत् उत्पादन हुने आयोजनाले बताएको छ। 

    आयोजना सम्पन्न गर्न झण्डै २२ अर्ब रुपैयाँ लगानी हुने जनाइएको छ। यदि यसै वर्षको हिउँदबाट काम थालिए ३ देखि ४ वर्षभित्रै आयोजना सम्पन्न हुने पनि उनले बताए। उनका अनुसार आयोजना निर्माणका लागि ऊर्जा मन्त्रालय अन्तर्गतको जलविद्युत् लगानी तथा विकास संस्थाको ३५ प्रतिशत, गोरक्ष हाईड्रोपावरको ३० प्रतिशत र स्र्पाक हाईड्रोले १५ प्रतिशत लगानी गर्ने छ। यस्तै, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणको दश–दश प्रतिशत लगानी हुनेछ। 

    ताप्लेजुङ सदरमुकाम फुङलिङ, आठराई त्रिवेणी गाउँपालिकाको चाँगे, हाम्पाङ, फूलवारी, मिक्वाखोला गाउँपालिकाको लिवाङ, खोक्लिङ र मेरिङदेनको लिंतेप, खाम्लुङ, सान्थाक्रा आयोजनाको प्रभावित क्षेत्र हुन्। आयोजनाबाट उत्पादित विद्युत् झण्डै सात किलोमिटर टाढा पर्ने मैवाखोला गाउँपालिकाको ढुंगेसाँघुमा निर्माण हुने सवस्टेशनमा जोडी कोशी करिडोरमार्फत केन्द्रिय प्रशारण लाइनमा जडान हुने छ। विद्युत्गृह भने फुङलिङ नगरपालिका–३ मा पर्ने आंगेदिनमा रहने छ। आयोजना सञ्चालनका लागि पहिलोपटक २०६४ सालमा सम्भाव्यता अध्ययन भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]