|

सुनसरी : इटहरी उपमहानगरपालिका १३ निवासी ४० वर्षीय श्याम चौधरी मृत अवस्थामा फेला परेका छन्। मंगलबार विहान सोही वडाको सोमबारेमा मृत अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए।

सोमबार बजारबाट सामान खरिद गरेर ल्याउने तयारीका साथ को १० प १०८३ नम्वरको मोटरसाइकलमा हिडेका चौधरी राति अवेरसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा मंगलबार मृत अवस्थामा फेला परेका थिए। शरीरमा चोटपटक नदेखिएको र मोटरसाइकल नजिकै लडेर मृत अवस्थामा फेला परेका चौधरीको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। घट्नाको विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.