|

काठमाडौं : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उमेरले मात्र नभएर विचारले हुने बताएका छन्। ओलीले नेपालका युवाहरूमा दुईखालका प्रवृती रहेको धारणा राखे। पार्टीको भातृ संगठन युवा संघको स्थापना दिवसमा बोल्दै उनले भने, 'युवाहरुमा दुइखाले प्रवृत्ति छन्। म युवा हुँ मैले केही गर्नुपर्छ भन्ने मान्यता राखेर त्यसअनुसार आचरण व्यवहार गर्नुपर्छ भन्ने। त्यो गतिशिल युवा हो। भएन भने युवा होइन।' उनले थपे, 'थोत्रा विचार बोक्यो भने युवा हुन सक्दैन।'

उनले मार्क्स र एंगेल्सले युवाकालमा नै दुनियाँ हल्लाएको सुनाए। त्यस्तै आफूहरूले युवावयमा पञ्चायत फाल्न झापा आन्दोलन सुरु गरेको स्मरण गरेका थिए। उनले त्यतिबेला आफ्नो उमेर १९ वर्षको रहेको बताए। उनले युवाहरूले क्रान्ति गर्न सक्ने र आफूले युवावयमा झापा आन्दोलन गरेको सुनाए। उक्त आन्दोलन अहिलेको उमेरमा सम्भव नभएको सुनाए। र्उनले भने, 'यस्ता कामहरु युवाहरुले गर्न सक्छन्। ७० वर्षको उमेरमा गर्छु भनेको भए सम्भव हुने थिएन।'

ज्यू ज्यू गर्दा दाह्री पाक्ला!

ओलीले झापा आन्दोलन सुरु गर्दाताकाको एक प्रसंग सुनाए। उनले महानन्द सापकोटाको कविताका पंती सुनाए, 'ज्यु ज्यु हजुर बिन्ती पुकारी। हेर मेरा पाके दाह्री' भनेर २०२५ सालमा महानन्द सापकोटाले कविता सुनाएका थिए। ज्युज्यु हजुर भनेर बिन्ती पुकार्दा त दाह्री पाक्ने रहेछ। जो अहिलेसम्म मलाइ याद छ। युवाहरुमा उडन्तेको लक्षण नआओस्। अनुचित कुरासँग कम्परमाइज नगर्नुस, गलत काममा नलाग्नुस। नत्र ज्युज्यु गर्दागर्दै दाह्री पाक्छ। दाह्री नहुने दिदीबहिनीहरुको छाला चाउरी पर्छ।'

बयलगाडाको सम्झना!

ओलीले आफूले राजतन्त्रका बारेमा नगरेको टिप्पणी गरेर उडाउने गरिएको बताए। उनले राजनीतिलाई देश र जनताको हितसँग जोड्न नसकेर देशको हित गडबड भएपनि होस् तर आफुले भनेको कुरा हुनुपर्‍यो भनेर केही राजनीतिक दल र व्यक्तिहरू लागेको बताए।

उनले भने, 'केही बज्रस्वाठहरु छन् नेपालमा जसले केपी ओलीले राजतन्त्र हटाउन बलयगाडा चढेर अमेरिका जानुजस्तै हो भन्यो भनेर भन्छन्। तर तिनीहरु म राजतन्त्र विरुद्ध लडाइ गर्दा म जेलमा बस्दा जन्मेका पनि थिएनन् होला।'

पूँजीवादीहरु पूँजिवादी हुँ भन्न डराउने समय आएको पनि उनको धारणा थियो। उनले भने, 'समाजवादको विरोध गर्छन् पूँजिवादी हुँ भन्न डराउछन्। के वादी हुँ के वादी!'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.