|

कर्नाटक विधानसभाको २२२ सिटमध्ये १८१ सिटको मत परिणाम सार्वजनिक भएको छ। कर्नाटकमा १२ मेमा २२४ भएको विधानसभाका लागि २२२ सिटमा मददाता भएको थियो। जसको मत गणना जारी छ। 

कर्नाटक राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले आफ्नो अग्रता कायमै राखेको छ। पछिल्लो मत परिणामअनुसार २२२ सिट मध्ये भाजपाले ८७ सिटसहित अग्रता लिएको छ। भाजापालाई कांग्रेसले पछ्याइ रहेको छ। कांग्रेसले ६१ सिट आफ्नो नाममा सुरक्षित गरेको छ। साथै कांग्रेसले सरकार गठनका लागि जेडिएसलाई सर्मथन गर्ने घोषणा गरेको छ।

यदि कर्नाटकमा भाजपाले आफ्नो जीत सुरक्षित गर्‍यो भने दक्षिण भारतमा सरकार गठन गर्नेछ। अर्काेतर्फ गत वर्ष डिसेम्बरमा कांग्रेसको कमाण्ड समालेका राहुल गान्धीको लागि पनि यो निर्वाचन विशेष रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.