|

सुनसरी : इटहरीमा जारी तेस्रो इटहरी राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा विभागिय टिम नेपाल पुलिस क्लब विजयी भएको छ। मंगलबार सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लबले होराइजन क्रिकेट क्लव विराटनगरलाइ चार रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। 

इटहरीस्थित नेपाल डिभिएम स्कुलको पिचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लवले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउदै १३६ रनको योगफल खडा गरेको थियो। पुलिसका लागी सिद्धान्त लोहनीले सर्वाधिक ४९ रनमा नटआउट रहेर योगदान दिए। 

यस्तै, प्रेम तामाङले २९ रन बनाउँदा योगेन्द्र कार्कीले १५ र कुशल भुर्तेलले १४ रन बनाए। बलिङतर्फ विराटनगरका राज थापा र मनोज तामांगले १–१ विकेट लिए।
जवाफमा १३७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा नौ विकेट गुमाउदै १३२ रनमा समेटिएपछि पुलिस चार रनले विजयी भएको हो।

होराइजनका लागि रवि रोयले सर्वाधिक ५३ रन बनाउँदा पुष्प थापाले १६ र मिनस थापाले १३ तथा लव कामतले ११ रन बनाए। बलिङ तर्फ पुलिसका मञ्जित श्रेष्ठले ४ विकेट लिए ।

मंगलबारको खेलको ‘म्यानअफ द म्याच’ पुलिसका सिद्धान्त लोहनी घोषित भए। उनले नगद १५ सय रुपैयाँसहित ट्रफी पाए। बुधबारकोे पहिलो सेमिफाइनल खेल आयोजक सेभेनस्टार क्लब इटहरी र नेपाली सेनाको त्रिभुवन आर्मीबीच प्रतिष्पर्धा हुनेछ। 

यस्तै, दोस्रो सेमिफाइनल खेल झापा र पुलिस क्लवबीच हुनेछ। ‘नक आउट’ प्रणालीमा खेलाइने प्रतियोगिताको विजेताले ७५ हजार नगदसहित टफी र दोस्रो हुने टिमले ४० हजार नगदसहित टफी पाउने छन्। 

यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याष्टमेनले जनही १० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्ने छन्। इटहरी उपमहानगरपालिकाको संयोजन तथा किसान बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल खेल जेठ ३ गते हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.