|

काठमाडौं : 'पहिलो महिनाको सुरुवात केही राम्रा कविता सुनेर सुरु गरौँ' भन्ने आशयसहित लुनकरणदास-गंगादेवी चौधरी र सर्वनाम थिएटरको आयोजना प्रत्येक महिनाको पहिलो दिन हुने कवि र कविताको श्रृंखला 'हामी'मा यसपटक दुई कवि रोशन पुन र प्रभा भट्टराई गुन्जिएका छन्।

कार्यक्रमको पहिलो चरणमा प्रभाले 'आमा' कविताबाट लयवद्ध रुपमा कविता सुनाउन सुरु गरिन्। त्यसपछि उनले 'कल्पना परी', 'त्यही भयो बडो', 'खै म के भनुँ', 'आनन्द',' धन्य छस् आज पैसा', 'म यो दशैं मनाउँछु', 'छ देश नै शरापमा', 'ढिलो भयो है', 'यहाँ खै को स्वतन्त्र छ'लगायतका कविता सुनाएर मन्त्रमुग्ध पारिन्। प्रभाका सबै कविता फरक-फरक छन्दमा थिए।

टाँसिदिन्छु स्वयम्भूमा ईश्वरका आँखा

मायादेवीमा भरेर इन्द्रेणी

दोस्रो चरणमा उभिए कवि रोशन पुन। उनले सुनाएको उल्लेखित कवितांश 'फूलक्रान्ति'बाट थियो। उनका प्रत्येक कविताले 'वाहवाह' पाए। त्यसपछि उनले 'झरी', 'म धरहरा', 'पाठशाला', 'प्रेमलाप', 'आमा', 'याचना', 'बा'लगायतका कविता सुनाए। दर्शकबाट 'वान्स मोर' आएपछि रोशनले थप एउटा कविता सुनाएर दर्शकको मन जिते।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.