अर्थ

पश्‍चिम सेती अघि बढाउन प्रदेश ७ को माग
SHARES

जेठ १, २०७५

    काठमाडौं : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले लामो सयमदेखि चर्चामा रहेको पश्‍चिम सेती जलविद्युत आयोजना निर्माणका लागि प्रकिया अघि बढाउन संघीय सरकार समक्ष आग्रह गरेका छन्।

    उनले मंगलबार संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई योजना अघि बढाउन आग्रह गरेका हुन्। भट्टले आयोजना जसरी बन्नुपर्ने भएकाले जुनसुकै मोडेलबाट भए पनि प्रकिया अघि बढाउनुपर्ने बताएका हुन्।

    प्रदेश ७ मा जलविद्युतका थुुप्रै सम्भावना रहेकाले प्रदेश सरकार संघसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको उनले बताए। यसैगरी निर्माणाधीन रानीजमरा सिँचाइ आयोजनाको काम द्रुत गतिमा अगाडि बढाउन पनि उनले आग्रह गरे।

    जवाफमा पुनले पश्चिम सेती जलविद्युत आयोजनालाई अगाडि बढाउन संघीय सरकार सकारात्मक रहेको र त्यसका लागि अध्ययन भइरहेको बताए।

    उनले ७ वटै प्रदेशमा जलविद्युतका मेगा प्रोजेक्ट (ठूला आयोजना) बनाइने बताए। ‘सातवटै प्रदेशमा मेगा प्रोजेक्ट बनाउने सरकारको योजनाअनुसार प्रदेश ७ मा पनि एउटा ठूलो आयोजना  बन्छ’, पुनले भने।

    सिँचाइ, जलविद्युतसँग सम्बन्धित केही अधिकार संविधानले नै ग्यारेन्टी गरेको उल्लेख गर्दै मन्त्री पुनले संघ र प्रदेश सरकारबीच समन्वय गरेर आयोजना अगाडि बढाइने पुनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]