वाराणसी : भारतको उत्तर प्रदेश राज्यको वाराणसीस्थित कैन्ट क्षेत्रमा निर्माणाधीन आकाशे पुल भत्किदा दबिएर १२ जनाको ज्यान गएको छ। निर्माणाधीन आकाशे पुलको केही भाग भत्किदा सो घटना भएको हो।
आकाशे पुल भत्किदा पुलको मुन रहेका पैदल यात्रुका साथै सवारीसाधनहरू दबिएका छन्। ५० भन्दा बढी मानिसहरू भग्नाअवशेसमा हराइरहेको भारतीय संचार माध्यमले जनाएका छन्।
प्रदेश मुख्यमन्त्री योगी आदित्यनाथले सो घटनाका बारेमा प्रतिक्रिया दिँदै दुख व्यक्त गरेका छन्। साथै उनले यथासक्यो चाँडो उद्दारमा लाग्न अधिकारीहरूलार्इ निर्देशन दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।