नोवेल अस्पतालमा भर्ना

|
फाइल फाेटाे

सुनसरी : छोरी जन्माएको निहुँमा घर निकाला गरिएकी १३ वर्षीया किशोरी ममता मरिकलाई विराटनगरस्थित नोवेल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ। उनको श्वासप्रश्वास र मुटुमा समस्या देखिएको उपचारमा संलग्न डाक्टरले बताएका छन्। 

१२ वर्षको उमेरमा विवाह गरेकी ममतालाई उनका परिवारले छोरी जन्माएको निहुँमा ज्यान मार्ने कम्की दिँदै घरबाट निकाला गरेका थिए। ज्यान मार्ने धम्कीपश्चात् माइतीको शरणमा पुगेकी ममता इनरुवा अस्पतालमा उपचारत थिइन्। थप उपचारका लागि आइतबार उनलाई काठमाडौं पठाउन पहल गरिएको भए पनि जान नमानेपछि उनलाई इनरुवा फर्काइएको थियो।

अधिकारकर्मीहरूको पहलमा आमासहित शिशुको थप उपचार तथा पुन:स्थापनाका लागि विराटनगरस्थित कोसी अंचल अस्पतालमा पुर्‍याइएको थियो। परीक्षणका क्रममा ममताको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि नोवेल अस्पतालमा रिफर गरिएको हो। उनको सहयोगमा जुटेका स्थानीय युवा राकेश निरौलाका अनुसार कोसी अंचल अस्पतालले स्थान अभाव भन्दै ममताको भर्ना गर्न नमानेपछि उनलाई विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको हो। 

ममतालाई श्रीमानहित परिवारका सदस्यले छोरी पाएको निहुँमा ज्यान मार्ने धम्की दिँदै सिरहाको गोलबजारमा रहेको घरबाट लखेटेका थिए। ममताको बच्चा पोषणको अभावले कुपोषित भएको छ भने स्वास्थ्यमा पनि गम्भीर समस्या देखिएको छ। 

घरपरिवारबाटै बालविवाह गराइएकी ममता गोलबजारका प्रकाश मरिककी कान्छी श्रीमती हुन्। प्रकाशका जेठी श्रीमती र दुई छोराछोरी हुँदाहुँदै अभिभावकले ममताको बालविवाह गरिदिएको थियो। 

उक्त घटनाको विषयमा सम्बन्धित निकायमा अहिलेसम्म उजुरी परेको छैन। सुनसरी प्रहरी उपरीक्षक राजन अधिकारीले पीडित पक्षले उजुरी नदिएसम्म काम कारवाही अगाडि बढाउन नमिल्ने बताए।


यो पनि पढ्नुहोस्

छोरी जन्माएको निहुँमा घर निकाला भएकी किशोरीको बिचल्ली

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.