|

उदयपुर : नेपाल प्रहरीको विभागीय टोली नेपाल पुसिल क्लबलाई हराउँदै सुनसरी–११  उदयपुरमा जारी पाँचौ उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

थारूहट रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा ट्राइब्रेकरमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सुनसरी ११ सेमिफाईनलमा प्रवेश गरेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवैतर्फ निर्धारित समय र अतिरिक्त १५ मिनेटको समयमासमेत बराबरी ३–३ गोल भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो। 

 ट्राइब्रेकरमा सुनसरीका तर्फबाट अनिल धामी, बुद्धीमान राई, निसान लिम्बू, गोल गरेका थिए। पुलिसका तर्फबाट अभिषेक रिजाल, रिजन सुब्बाले मात्र गोल गरे। निकै प्रतिस्पर्धात्मक खेलमा  सुनसरीका लागि पहिलो हाफको २३औँ मिनेटमा सौजन याम्हाले पहिलो गोल गरेका थिए। यस्तै, ४२औँ मिनेटमा तीर्थ बस्नेत र दोस्रो हाफको २० औँ मिनेटमा रोशन लिम्बूले एक/ एक गोल गरे।    

तर अग्रता भने पुलिस क्लबले लिएको थियो। पहिलो हाफको ७ औँ मिनेटमा राम वाजीले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए। यस्तै, दोस्रो हाफको ३४  औँ मिनेटमा अभिषेक रिजाल र थप गरिएको अतिरितm समयको १ मिनेटमा बिक्रम धिमालले गोल गर्दै खेललाई बराबरीमा फर्काए। खेलको म्यान अफ द म्याच सुनसरीका गोलरक्षक बिनय श्रेष्ठ भए।  उनले नगद सात हजार रुपैयाँ प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.