अर्थ

यातायात समितिको नाममा रहेको रकम र सम्पत्ति खोज्दै सरकार
SHARES

जेठ १, २०७५

    काठमाडौं : सरकारले संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका यातायात सम्वद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजविनलाई थप तिव्रता दिएको छ।

    मंगलबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जिवि नेपाललगायतको उपस्थितिमा बसेको बैठकले यातायात सम्वद्ध संघसंस्थाहरूको चल, अचल शेयर, सम्पत्तिको विवरण १५ दिनभित्र सफ्टकपी तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका पुमख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिने निर्णय गरेको हो।

    यसअघि सिन्डिकेट हटाउने सरकारको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गत बैशाख २१ गते सार्वजनिक यातायात नचलाएपछि सरकारले यातायात समितिहरुले बैंक खाता रोक्का गर्नुका साथै समितिका पदाधिकारीहरूलाई पक्राउ गरेको थियो। सो क्रममा गृह मन्त्रालयको निर्देशन अनुरुप देशभर २४५ वटा यातायात सम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का गरिएको थियो।

    मंगलबारको बैठक बैंक खाता रोक्का गरिएका ती समिति बाहेक संस्था दर्ता  ऐनअनुसार दर्ता भएका अन्य समिति तथा संस्थाहरूको समेत यातायात व्यवस्था विभागले विवरण संकलन गरी अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयमार्फत बाँकी रहेको सम्पूर्ण यातायात समितिहरूको समेत खाता रोक्का गर्ने र उक्त समितिहरूमा के कति रकम रहेको छ सोको विवरण तयार पार्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]