|

बुटवल : संसदीय ‘विट’मा कलम चलाउने पत्रकारहरूको भेलाले प्रदेश ५ मा ‘संसदीय मामिला पत्रकार समाज’ गठन गरेको छ। भेलाले नयाँ पत्रिका दैनिकका विष्णु प्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो। 

जसको उपाध्यक्षमा कान्तिपुर पब्लिकेसन्सकी अमृता अनमोल, महासचिवमा दैनिक पत्र दैनिकका सीपी खनाल, सचिवमा दैनिक लुम्बिनीका ओम प्रसाद पंगेनी र कोषाध्यक्षमा अन्नपूर्ण दैनिकका लक्ष्मण पोखरेललाई चयन गरेको छ। 

यस्तै, सदस्यहरुमा नागरिक दैनिककी रेखा भुसाल, अनलाईन खबरका टोपराज शर्मा, बुटवल टुडे दैनिकका स्वस्तिक श्रेष्ठ, राजधानी दैनिक÷बुद्ध टिभीका विनोद परियार, रेडियो समावेशीका मिलन गाहा र रेडियो मुक्तिकी अस्मिना पाण्डे चयन भएका छन्। 

भेलामा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले प्रदेश ५ मा संसदीय बिटमा कलम चलाइरहेका पत्रकारहरुको क्षमता अभिवृद्धि र रिर्पोटिङका लागि प्रदेश सभासँग समन्वयन गर्नका लागि सहज हुने विश्वास व्यक्त गरे। 

भेलाले संसदीय मामिला पत्रकार समाज केन्द्रीय समितिसँग समन्वय गरेर प्रदेशमा संसदीय बिटमा कलम चलाउने पत्रकारहरुको दक्षता अभिवृद्धि र प्रदेशमा संसदीय बिटलाई सशक्त बनाउन भूमिका खेल्ने अध्यक्ष विष्णु घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.