|

चीनमा उडिरहेको विमानको ककपिटको झ्यालको सिसा अचानक फुटेको छ। चीनको  शिचुआन एयरलाइन्सको एउटा विमानको ककपिटको झ्यालको सिसा फुटे पनि पाइलटले  सकुशल अवतरण गराएका छन्।

समाचार एजेन्सीहरुका अनुसार शिचुआन एयरलाइन्सको विमान ३ यु–८६३३ ले चोङ्गक्युङबाट सोमबार ल्हासाका लागि उडान भरेको थियो। उडान भरेको एक घण्टा नबित्दै ककपिटको झ्यालको सिसा अचानक फुट्यो। त्यतिबेला विमान ३२ हजार फिटको उचाइमा उडिरहेको थियो।

पाइलट लियु शुआनजियानले विमानमा सवार यात्रुलाई सान्त्वना दिँदै भने, ‘नआत्तिनुस्, हामी परिस्थितिलाई सम्हाल्न सक्छौं।’ उनले २० मिनेटभित्रै विमानलाई विमानस्थलमा सुरक्षित अवतरण गराए।

पाइलट लियुले भने, ‘मैले एयर ट्राफिक कन्ट्रोललाई विमानमा आएको समस्याको जानकारी गराएँ, त्यसपछि उसकै निर्देशनअनुसार काम गरेँ।’ उक्त रुटमा एकसय भन्दा बढी उडान भरेको आफ्नो अनुभवले समेत ठूलो काम गरेको उनले बताए। विमानमा सवार सबै ११९ यात्रु सुरक्षित रहेको बताइएको छ। तर विमानका को–पाइलट भने सामान्य घाइते भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.