|

साविक विजेता जर्मनीले पनि प्रारम्भिक टिमको घोषणा गरेको छ। प्रशिक्षक जोकिम लोको कन्ट्रयाक फुटबल संघले २०२२ सम्मका लागि थप गरेसँगै उनले प्रारम्भिक टिमको घोषणा पनि गरे। जसमा लामो समयदेखि टिमबाहिर रहँदै आएका म्यानुअल नुयरलाई प्रारम्भिक २७ सदस्सिय टिममा समावेश गरिएको छ।

अन्तिम टिमको टुंगो भने ४ जुनमा गर्ने प्रशिक्षक लोले जानकारी दिए। अधिल्लो सिजनको फाइनलमा निर्णायक गोलकर्ता रहेका मारियो गोटेज भने प्रारम्भिक टिममा समावेश छैनन्।

अर्जेन्टिनाले पनि आगामी साता फाइनल छनोट गर्ने उद्देश्यसाथ ३७ खेलाडीलाई प्रारम्भिक चरणमा समावेश गरेको छ। उसले अधिकांश स्टार खेलाडीलाई टिमको प्रारम्भिक चरणमा समावेश गरेको छ। लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना साबिक उपविजेता हो।

जर्मनीको प्रारम्भिक टिम

गोलरक्षक– बेन्र्ड लेनो, म्यानुयल नुयरा, मार्क आन्द्रे, टेर स्टेघेन, केभिन ट्राप

डिफेन्डर– जेरोम बोयटाङ, माथियस गिन्टर, जोनास हेक्टर, जोसुवा किमिक, मार्भिन प्लाटेनहार्ड्ट, एन्टोनियो रुडिगर, निक्ला सुले, जोनाथन टाह

मिडफिल्डर– जुलियन ब्रान्ड्ट, इल्के गुन्डगन, समी खेडिरा, टोनी क्रुस, मेसुट ओजिल, लियोन गोरटेजका, मार्को रोयस, सेबास्टियन रुडी

फरवार्ड – लेरोय साने, निल्स पेटरसन, मारियो गोमेज, टिमो वेर्नर, थोमस मुलर

३७ खेलाडी अर्जेन्टिनाको प्रारम्भिक लिस्टमा

गोलरक्षक– सर्जियो रोमेरो, बिल्फ्रेडो काबालेरो, नाहुएल गुज्मान, फ्रान्को अर्मानी

डिफेन्डर– ग्याब्रिएल मर्काडो, क्रिस्टियन अन्साल्दी, एडुएर्डो साल्भियो, ज्याभियर मास्सेरानो, निकोलोस ओटामेन्डी, जर्मान पेजेला, फेडेरिका फाजियो, मार्कोस रोहो, निकोलास ट्याग्लिफिको, मार्कोस अकुन, रामिरो फ्युनेस मोरी

मिडफिल्डर– म्यानुएल लान्जिनी, लियान्द्रो पारेदेस रिकार्डो सेञ्चुरियन, म्याक्सिमिलियानो मेजा, लुकास बिग्लिया, गुइडो पिजारो, एन्जो पेरेज, एभर बनेगा, जियोभानी लो सेल्सा रोड्रिगो बाटाग्लिया, एन्जल डी मारिया, क्रिस्टियन पाभोन, पाब्लो पेरेज

फरवार्ड– लियोनेल मेसी, पौलो ड्याबला, डिएगो पेरोटी, सर्जियो अगुएरो, गोन्जालो हिगुएन, लाउटारो मार्टिनेज, माउरो इकार्डो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.