|

इन्डियन प्रिमियर लिगमा कोलकता प्लेअफ नजिक पुगेको छ। मंगलबार भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दे कोलकाता प्लेअफमा बलियो बनेको हो। जितपछि १४ अंक बनाएको कोलकाता लिग अंक तालिकाको तेस्रो स्थानमा कायम छ।

पहिलो ब्याटिङ गरेको राजस्थान निर्धारित २० ओभरमा १ सय ४२ रनमानै समेटियो। जवाफमा कोलकाताले १२ बल बाँकी हुँदै ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। कोलकाताको यो जारी आइपिएलमा सातौं जित हो। उसले लिग अंक तालीकामा १४ अंक बनाएको छ।  १३ खेल खेलेको राजस्थानको १२ अंक रहेको छ।

राजस्थानको पारी फेरि पनि राम्रो चल्न सकेन्। जोस बटलरले ३९ रनको योगदान दिनु सर्वाधिक रह्यो भने थप उच्च स्कोरका रुपमा ओपनर राहुल त्रिपाठीको २७ तथा जयदेव उन्नादकडको २६ रन रह्यो।

१ सय ४३ रनको सामान्य लक्ष्य पछ्याएको  कोलकाता क्रिस लियोनको ४५ तथा कप्तान दिनेश कार्तिकको अविजित ४१ रनको पारीमा सहज जित निकाल्न सफल भयो । थप स्कोरका रुपमा सुनिल नारेन र नितिश रानाले समान २१ रनको योगदान दिंदा आन्द्रे रसेल ११ रनमा अविजित फर्किए। लिगमा हैदरावाद र चेन्नइले प्लेअफमा स्थान बनाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.