|

काठमाडौं :  परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी गलत व्यक्तिकाे हातमा पर्न नदिन राहदानीको तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। 

परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक मंगलबार  नारायणहिटी परिसरमा रहेको राहदानी विभागको कार्य प्रक्रिया, कार्यसम्पादन तथा सेवा प्रवाहको स्थलगत निरीक्षण गर्दै उनले  राहदानी गलत व्यक्तिको हातमा परेमा यसले देशकै छविमा आँच आउन सक्ने भन्दै यसको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए। 

मन्त्री ज्ञावलीले राहदानी वितरणको अवधि छोट्याई जिल्ला तथा नियोगबाट राहदानी वितरण गर्ने कार्यलाई थप प्रभावकारी बनाउन विभागलाई निर्देशन दिँदै केही वर्षभित्र विभागहरु आधुनिक भवनमा स्थान्तरण हुनेसमेत जानकारी गराए। 

ज्ञवालीले निकट भविश्यमा यन्त्रवाचक राहदानी (एमआरपी)को तुलनामा अझ बढी सुरक्षित र भरपर्दो विद्युतीय राहदानी लागू गर्नुपर्ने भएकाले यसको लागि आवश्यक योजना बनाउन राहदानी विभागलाई निर्देशन दिए।  मन्त्री ज्ञावलीले कन्सुलर सेवा विभागलाई बाहिरी मुस्कानका साथै हृदयदेखि नै सेवा दिन निर्देशन दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.