अर्थ

आकाशियो डलरको मूल्य, रेमिट्यान्स पठाउन उपयुक्त समय
SHARES

जेठ २, २०७५

    काठमाडौं :  डलरको मूल्य निरन्तर आकाशिएसँगै नेपाली रुपैयाँ सस्तो भएको छ। बुधबार नेपाल राष्ट्र बैंकका अनुसार डलरको खरिद मूल्य १०८ रुपैयाँ ६२ पैसा पुगेको छ। बिक्री मूल्य भने १०९ रुपैयाँ २२ पैसा पुगेको छ।

    सन् २०१३ अमेरिकी डलर मूल्य ११० रुपैयाँ पुगेको थियो। अहिले त्यही गतिमा पुग्न थालेको छ। दिन प्रतिदनि डलरको मूल्य बढेको छ। डलरको मूल्य बढ्दा रेमिट्यान्स पढाउने उपयुक्त समय मानिन्छ। केही दिनअघिसम्म एक डलर नेपाल पठाउँदा नेपालमा १०२ रुपैयाँ पाइन्थ्यो भने अहिले एक डलर बराबर झण्डै १०९ रुपैयाँ पर्छ। हाल नेपालमा औसत एक अर्ब पचास करोड डलर बराबरको रेमिट्यान्स आउने गरेको छ। 

    डलर बढेको कारण नेपालको निर्यातजन्य उत्पादनमा पनि सहयोग पुग्छ। अहिने नेपालमा औष दैनिक निर्यात २४ करोड रुपैयाँ बराबरको छ। धेरै वस्तु तथा सेवा आयातमा निर्भर भएको कारण मूल्य वृद्धिले नेपालमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ। अहिले औसत दैनिक तीन अर्ब रुपैयाँ बराबरको सामान नेपाली बजारमा आउने गर्छ। 

    यो तथ्यांकले नेपालमा डलर बढ्दा समग्रम घाटा पुग्ने देखिन्छ। दैनिक १७४ अर्ब बराबर रुपैयाँमा डलर बढ्दा फाइदा हुन्छ भने तीन अर्ब रुपैयाँ बराबरमा घाटा हुन्छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]