|
फाइल फाेटाे

कञ्चनपुर : पोषणयुक्त उपचारात्मक खाना (आरयूटीएफ) बालबालिकालाई निःशुल्क उपलव्ध गराउन थालेपछि कञ्चनपुरको विकट लालझाडी गाउँपालिकामा कुपोषित बालबालिकाको संख्या घट्दै गएको छ।

गाउँपालिकाको शंकरपुरमा रहेको स्वास्थ्य चौकीमा नाप र तौल लिइएका १७९ बालबालिकामध्ये १९ जना बालबालिका कुपोषित भएको पाइएको छ। जसमध्ये अति जोखिममा रहेका १४ र जोखिममा पाँच बालबालिका रहेका छन्। अति जोखिम र जोखिम बालबालिकालाई निगरानीमा राखी स्वास्थ्य चौकीमा उपचारात्मक खानाका माध्यमबाट उपचार गराइँदै आएको छ।

छ महिनादेखि ५९ महिनासम्मका बालबलिकालाई लक्षित गरी शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत कुपोषित बालबालिकालाई आरयूटीएफ खुवाउन थालेपछि कुपोषित बालबालिको संख्यामा कमी  आएको स्वास्थ्य चौकीका प्रमुख श्याम गुप्ताले बताए। 'विगतका वर्षमा ३० देखि ४० जनासम्म बालबालिकामा कुपोषणको समस्या देखिने गरिएको थियो,' उनले भने, ‘महिला स्वयंसेविकामार्फत कुपोषण हटाउनका लागि जनचेतना फैलाउन थालेपछि कुपोषित बालबालिकाको संख्यामा निकै कमी आएको छ।’

गर्भ चेकजाँचका लागि र प्रसूति हुन स्वास्थ्य चौकी पुग्ने महिलालाई फलफुल, हरियो सागपात, गेडागुडी, अण्ड लगायतका पोषणयुक्त आहारको प्रयोग गर्नुपर्ने सुझाव दिन थालेपछि बालबालिका कुपोषित हुने क्रम रोकिनुका साथै आमाको स्वास्थ्य समेत राम्रो हुन थालेको उनको भनाइ छ। गर्भवती आमालाई पोषणयुक्त आहार खुवाउनु पर्छ भन्ने भावना घरपरिवारका सदस्यहरुमा समेत पलाउन थालेको पाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.