|

सुर्खेत :   बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने खार्पुनाथ गाउपालिकामा २ र ३ तीनको सीमा नजिक राया र थाली भन्ने ठाँउको बाउन खर्क भन्ने ठाउँमा तीन टुक्रा भएको अवस्थामा   फेला परेको छ ।

उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो। दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ। ९ एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए। जहाज क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीले उडाएका थिए। विमानमा सवार दुवै जनाकाे निधन भएकाे कर्णाली प्रदेशका प्रहरी प्रमुख डीअाइजी शुरेस शाहले जानकारी  दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.