|

काठमाडौं : पार्टी एकताबारे एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सकिएको छ।

दुई अध्यक्षबीचको छलफलले पार्टी एकतालाई प्रगति उन्मुख बनाएको एमालेका उपमहासचिव विष्णु पौडेलले जानकारी दिए। उनका अनुसार दुवै अध्यक्ष पार्टी एकता गर्न गठन गरिएका दुई कार्यदलले बुझाएका प्रतिवेदन अध्ययनमा जुटिहरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त छलफलले बिहीबार बिहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए। भोलि बस्ने कार्यदलको बैठकले आवश्यक निर्णय लिने सहमति भएको उनले बताए।

पार्टी एकतामा संसय पैदा भएको सार्वजनिक भइरहेका बेला दुई अध्यक्षबीच छलफल भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण लगायतका काममा व्यस्त भएकाले दुई नेताबीच पार्टी एकताबारे छलफल हुन सकेको थिएन।

यसैबीच पार्टी एकतालाई जेठ पहिलो हप्ता नै अन्तिम टुंगो दिन दुई अध्यक्ष लागिपरेको बताइएको छ। जसका लागि सरकारको नीति तथा कार्यक्रम पहिले नै पार्टी एकता गर्ने तयारी भइरहेको सार्वजनिक भएको छ। सरकारले नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने निर्णय गरेको छ। पार्टी एकता त्यसपहिले नै गर्ने कुरा सार्वनिक भएपनि दुवै दलले यसबारे आधिकारी जानकारी दिएका छैनन्।

पार्टी एकताबारे छलफल गर्न नेकपा एमालेले बुधबार नै स्थायी कमिटी बैठक बोलाएको छ भने माओवादीको पनि केन्द्रीय कार्यालय बैठक बस्ने तयारी भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.