समाज

पहाडमा ठोकिएर दुर्घटना, जहाज भेट्न चार घण्टा
SHARES

जेठ २, २०७५

    हुम्ला : सुर्खेतबाट बिहान  ६ बजेर १२ मिनेटमा उेडको मकालु एयरको  ९ एन ए जे यु को  जहाज ४ घण्टापछि दुर्घटना भएको छ। हुम्लाको खार्पुनाथको २ मा थाली र राया गाउँको बाहुन खर्कको पहाडमा ठोकिएर दुर्घटना भएको सिमकोट विमानस्थलका  सहायक प्रमुख राजु महतोले बताए। दुर्घटनास्थल १२८०० फिटभन्दा अग्लो पहाडमा खराब मौसमकै कारणले ठोकिएर दुर्घटना भएको हो।  हेलिकोप्टरले टुर्घटना भएको ठाउँ चार घण्टापछि पत्ता लगाएको थियो।

    दुर्घटनामा चालक दलका सदस्य किरण भट्टराई  र सहचालक  आधित्यानाथ  नेपालीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रवीन श्रेष्ठले बताए। सुर्खेतबाट सिमकोटको लागि काग्रोको समान ढुवानीको लागि उडान भरको  जहाज बिहान खराब मौसमकै कारणले  दुर्घटना  भएको हो।

    हुम्लाकै खापुनाथ गाउँपालकिका थालीगाउँभित्र एक्ला बाहुन खर्कमा  खसेको अवस्थामा  लामा रावले   हुम्लाका संसद छक्क बहादुर लामालाई जानकारी गराएको र संसद लामाले सिमकोट विमानस्थललाई खबर गरेपछि सिमकोटबाट फिस्टल एअरको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

    जहाज तीन टुक्रा अवस्थामा रहेको उद्धारमा सहभागी सिमकोट विमानस्थलमा खटिएको सुरक्षाकर्मी एम बहादुर घर्तीले बताए। उनले घटनास्थमै गएर  चालक दलका दुवै सदस्यको मृत्यु भएको बताए। मृतक  दुवै जनाको शव हेलिकोप्टरबाट सुर्खेतमा लगिएको सिमकोट विमानस्थल स्रोतले बताएको छ। 

अर्जुन बोहरा

पत्रकार बोहरा थाहाखरबका हुम्ला संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]