|

गोरखा : पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले भूकम्प पीडितले पाउने अनुदानबाट घर बनाउने भएका छन्। छोरी मानुषीयमीको नाममा रहेको जग्गामा भट्टराईले जन्मथलो खोप्लाङ १ बेल्बासमा घर बनाउने भएका हुन्। 

‘बाले जग्गा मेरै नाममा गरिदिनु भएको छ’ मानुषीले भनिन् ‘पुरानो घरलाई मर्मत गरेर जोगाएर राखेर नयाँ घर बनाउन लागेका हौँ ।’  भूकम्प पिडितले पाउने सरकारी अनुदानको तीन लाख मध्येको पहिलो किस्ता बापत पाउने ५० हजार रुपैँया आफ्नो खातामा आएर बसेको मानुषीले बताइन । 

‘५० हजार मेरै खातामा आएर बसेको छ’ उनले भनिन् ‘अब छिटै घर बनाउन थाल्छौँ । पहिले भएको भन्दा केही तल बनाउछौँ । पहिले भएको तिर मान्छे बस्नै छोडे । गाउँलेहरु सबै सडक भएको तिर झरेका छन् । हामी पनि तल नै बनाउने भनेर लागेका छौँ ।’  बाबुरामले बुधबार मालपोत कार्यालय गोरखामा आफ्नो नाममा भएका जग्गा जमिनहरुको समेत मिलाउँदै छन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.