|

दाङ  : दाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको ज्यान गएको छ। 

घोराही–लमही सडकखण्डको लमही नगरपालिका ६ कुलमोड नजिकै घोराहीबाट लमही तर्फ जाँदै गरेको लु १ ख ५६३२ नम्बरको ट्रक र लमहीबाट घोराही आउदै गरेको लु ३० प ९७२८ नम्बरको मोटरसाइकल मंगलवार राति साढे ११ बजेतिर एक आपसमा ठोकिएको लमही प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १२ हापुरका २८ वर्षीय भीमबहादुर पुन र सवार रोल्पा नगरपालिका ९ बस्ने ४० वर्षीय वुद्धिबल घर्तीको ज्यान गएको प्रहरीको जानकारी दिएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि लमही अस्पताल लैजाने क्रममा बाटो मै ज्यान गएको हो।

ट्रक र मोटरसाइकल दुबै तिब्र गतीमा रहेको र घुम्तीमा दुर्घटना भएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार ट्रक र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रण लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.