|

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ। पार्टी एकताका विषयमा छलफल गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक सुरु भएको हो।

बुधबार दिउँसो एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा आली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच झण्डै दुई घण्टा लामो वान टु वान वार्तापछि एमाले स्थायी कमिटीको बैठक डाकिएको हो। दुवै अध्यक्षले बिहीबार बिहान पार्टी संयोजन समितिको बैठक बोलाउने सहमिति गरेका थिए। यसै विषयमा छलफल गर्ने एमालेको स्थायी कमिटिको बैठक बस्न लागेको बुझिएको छ। 

अहिले बस्न लागेको बैठकले पार्टी एकताको कार्यसूचि तय गर्ने बताइएको छ। एमालेले लामो समयपछि केन्द्रीय कमिटिका बैठक बोलाएको हो। यसअघि एमालेको केन्द्रीय कमिटिको बैठक गत असोजमा बसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.