|

काठमाडौं : पार्टी एकताका विषयमा छलफल गर्न बुधबार बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले बिहीबार बस्ने संयोजन समितिको बैठकले एकताको मिति टुंगो लगाउने निर्णय गरेको छ। बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले जेठ १५ भित्रै पार्टी एकता भइसक्ने बताए भने नेता केशव बडालले भने भोलि (बिहीबार) बस्ने एकता संयोजन समितिको बैठकले एकताको मिति तोक्ने बताए।

बुधबार दिउँसो एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच झण्डै दुई घण्टा लामो 'वान टु वान' वार्तापछि एमाले स्थायी कमिटीको बैठक डाकिएको हो। दुवै अध्यक्षले बिहीबार बिहान पार्टी संयोजन समितिको बैठक बोलाउने सहमति गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.