|

काठमाडौं : सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १५ दिनभित्र खेलकुद विश्वविद्यालय स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिनु भएका हुन्।

उनले एक वर्षभित्रै हेटौँडाको गौरीटारमा खेलकुद विश्वविद्यालय स्थापना गर्ने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पारे। बुधबार नेपाल खेलकुद विज्ञान प्रतिष्ठानद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्दै सदस्य सचिव विष्टले खेलकुद क्षेत्रका विज्ञहरुलाई सरकारले विश्वविद्यालयको प्रोफेसर बन्ने अवसर प्रदान गर्न लागेको पनि बताए।

सदस्य सचिव विष्टले सबै प्रदेशमा खेलकुद विज्ञान प्रतिष्ठान स्थापना गर्ने योजना पनि अघि सारे। उनले मुलुकको विज्ञान र प्रविधिको क्षेत्रको विकासका लागि पनि खेलकुद क्षेत्रको विकासको आवश्यक्ता रहेको पनि स्मरण गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.