बैतडी : भिरबाट लडेर बैतडीमा एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका २ स्थित सुदर्शन माध्यमिक विद्यालय लिखोडाका ४३ वर्षीय शिक्षक वीरेन्द्रबहादुर चन्द छन्।
शिक्षक चन्दको बुधबार बिहान ७ बजे स्कुल जाने क्रममा स्थानीय सुर्क्यौडा भिरबाट लडेर मृत्यु भएको सुदर्शन माविका शिक्षक दीपकराज भट्टले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।