खेलकुद

चार वर्षपछि हुने भयो ए डिभिजन लिग, मिति तोकियो
SHARES

जेठ २, २०७५

    काठमाडौं : चार वर्षपछि अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिगको मिति घोषणा गरेको छ।

    एन्फाको लिग कमिटीको बुधबारको निर्णय अनुसरा ए डिभिजन लिग यही असोज १३ देखि माघ १६ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। ए डिभिजन क्लबहरुस“गको पटक पटकको छलफल पछि पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्माको नेतृत्वको लिग कमिटीले ए डिभिजन लिगको मिति तय गरेको हो। यद्यपि लिग कहा“ खेलाउने भन्ने टुंगो लागेको छैन। 

    लिगमा १४ ए डिभिजन क्लबले खेल्नेछन्। थ्रीस्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, संकटा, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पाले क्लब खेल्ने छन्। लिगका लागि क्लबहरुले कम्तीमा १८ देखि बढिमा ३५ जना खेलाडी अनुबन्ध गर्न सक्नेछन्। प्रतियोगिताका लागि क्लबहरुले चार जना विदेशी खेलाडी राख्न पाउने छन् भने एउटा खेलमा बढीमा तीन जना खेलाडी मात्र मैदानमा उतार्न पाउने प्रावधान छ।

    खेलाडी दर्ता भदौ १५ देखि हुने एन्फाले जनाएको छ। कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एन्फा कार्यसमिति निर्वाचित भएस“गै घोषणा गरिएको ए डिभिजन लिग पछिल्लो पटक विक्रम संवत् दुई हजार ७१ सालमा भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]