समाज

एकैदिन ९४ आरोही सगरमाथाको शिखरमा, कामीरिताको विश्व कीर्तिमान
SHARES

जेठ २, २०७५

    सोलुखुम्बु : सगरमाथा आरोहणको बुधबार चौथो दिन एकैपटक करिब एक सय जनाले शिखरको चुचुरोमा पाइला टेकेका छन्। विभिन्न आरोहणदलबाट गएकाहरूले फरक–फरक सयममा एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। 

    आरोहणको तेस्रो दिन मंगलबार मौसम प्रतिकूलताका कारण कुनैपनि आरोहण नभएपनि चौथो दिन अर्थात बुधबार मौसममा सुधार आएसँगै आरोहण सफल भएको सम्पर्क अधिकृत श्रेष्ठको भनाइ छ। 

    बैशाख ३० देखि आरोहण सुरु भएको थियो। पहिलो दिन बाटो निर्माण गर्दै गएका ८ जना शेर्पा गाइडले एकैपटक शिखर चुमेका थिए। यस्तै, दोस्रो दिन विभिन्न समूहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए। सम्पर्क अधिकृत श्रेष्ठका अनुसार तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै आरोहण भएन तर चौथो दिन भने ९४ जनाले आरोहण गर्न सफल भएका छन्। 

    कामीरिताको विश्व कीर्तिमान

    आरोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। शेर्पाले यो सिजनसहित २२ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्व कीर्तिमान कायम राख्न सफल भएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। 

    कामीरिताले आरोहणको चौथो दिन बुधबार बिहान ८ः३० बजे सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले बताए। कामीरिताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमानी तोडेका छन्।

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा जन्मेका ४८ वर्षीय कामीरिताले सन् १९९२ देखि सगरमाथा आरोहण सुरु गरेका हुन्। उनले सन् १९९४ मे १३ मा सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए।

भोजराज कार्की

कार्की थाहाखबरका सोलुखुम्बु संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]