राजनीति

पार्टी एकता भोलि हुन्छ : एमाले उपाध्यक्ष वामदेव गौतम
SHARES

४४१ सदस्यीय केन्द्रीय समिति, ४३ सदस्यीय स्थायी समिति

जेठ २, २०७५

    काठमाडौं : मुलुकका प्रमुख कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माअोवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता भोलि बिहीबार अौपचारिक घोषणासँगै हुने भएको छ।

    बुधबार सम्पन्न एमाले स्थायी कमिटी बैठकपछि जानकारी दिँदै बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले बिहीबार बिहान पार्टी एकता समन्वय समितिको बैठक बसेर पार्टी एकतासम्बन्धी निर्णय गर्ने जानकारी दिए। 'दिनभर पार्टी एकताका लागि बाँकी काम हुन्छ र बेलुकी पार्टी एकताको घोषणा हुन्छ', उनले भने।

    एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा अोलीले बुधबार बिहान माअोवादी अध्यक्ष प्रचण्डसँग भएको सहमतिबारे जानकारी गराएका थिए। दुई पार्टीका अध्यक्षबीच अब बन्ने पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको छ, जसमा २४१ एमालेबाट र २०० माअोवादी केन्द्रबाट रहनेछन्। यसरी नै ४३ सदस्यीय स्थायी समिति बनाउने सहमति भएको अध्यक्ष अोलीले बैठकलाई जानकारी गराएका थिए। स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माअोवादी केन्द्रबाट रहनेछन्।

    यसरी नै महाधिवेशनसम्म दुवै अध्यक्ष कायम रहने सहमति भएको समेत उनले जानकारी दिए। विवादमा रहेको चुनाव चिह्नबारे भने सचिव भट्टराईले सूर्य नै हुने संकेत गरे। उनले भने, 'चुनाव चिह्नचाहिँ तपाईंहरूले अनुमान गरेकै हुन्छ।'

    बुधबार बिहान एकताका विषयमा छलफल गर्न एमाले र माअोवादी केन्द्रका अध्यक्षबीच 'वान टु वान' वार्ता भएपछि एमाले स्थायी कमिटीको बैठक डाकिएको थियो। दुवै अध्यक्षले बिहीबार बिहान पार्टी संयोजन समितिको बैठक बोलाउने सहमति गरेका थिए।

देविका घर्ती मगर

देविका थाहाखबरकी संवाददाता हुन्। उनी राजनीतिकसँगै महिला, जनजाति तथा सांस्कृतिक मुद्दामा कलम चलाउँछिन्।

Follow @devikamagar

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]