|

इलाम : नमुना सुधार गृहको रुपमा निर्मित जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएका छन्। एक सय पुरुष र २५ जना महिलाको क्षमता रहेको कारागारमा अहिले २४६ कैदीबन्दी राखिएका छन्। 

क्षमताभन्दा बढि कैदीलाई कोचेर राख्नुपर्दा विभिन्न खालका समस्या उत्पन्न हुने गरेको निमित कारागार प्रमुख सृजना लुइटेलले बताइन्। विशेष गरेर विरामी भएको अवस्थामा समस्या देखिने गरेको छ। नौजना कैदीका लागि एउटा शौचालय प्रयोग हुने गरी बनाइएको भए पनि कैदीवन्दीको अत्याधिक चापका कारण ३० जना कैदिबन्दीले एउटा शौचालय प्रयोग गरिरहेका छन्।

अन्य जिल्लाबाट समेत कैदी ल्याउने क्रम नरोकिएपछि कैदीलाई कोचेर राख्नुपर्ने अवस्था सृजना भएको लुइटेलले बताइन्। कारागारमा अहिले २३१ पुरुष र १५ जना महिला कैदीहरु छन्। जसमध्ये सात जना जेष्ठ नागरिकसमेत रहेका छन्। 

इलामसँगै झापा, मोरङ, पाँचथर, ताप्लेजुङलगायत अन्य जिल्लाबाट समेत कैदी पठाउने गरिएकाले समस्या आएको कारागार शाखाले जनाएको छ। पछिल्लो समय अदालतबाट दोषी ठहरिएका फरार प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेसँगै कारागार कैदीबन्दीले खचाखच हुन थालेको हो। अहिले प्रहरीले २० वर्षभन्दा पहिले देखिका फरार प्रतिवादीलाई पक्राउ गरिरहेकाले चाप बढेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.