|

उदयपुर : झापा ११ लाई शून्यका विरुद्ध १ गोल गर्दैै थ्री स्टार क्लव उदयपुरमा जारी पाँचौँ उदयपुर गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। थरूहट रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै थ्री स्टार फाइनलमा पुगेको हो।

कडा प्रतिस्पर्धात्मक खेलमा थ्री स्टारको तर्फबाट दोस्रो हाफको १०औँ मिनेटमा अजय मार्टिनले १ गोल गरेसँगै थ्रीस्टार फाइनल प्रवेश गरेको हो। झापाले पनि रोचक खेल प्रस्तुत गरेको थियो। झापाले गोल गर्ने निकै अवसर पाए पनि सदुपयोग गर्न भने सकेन। 

खेलको म्यान अफ द म्याच थ्री स्टार क्लवका पिटर सेगोन घोषित भए। उनले नगद सात हजार रुपैयाँ प्राप्त गरे। थ्री स्टारले अब सुनसरी ११ र मनाङ मस्र्याङ्दी क्लवको विजेतासँग शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ। थरूहट रंगशालामा बिहीबार दोस्रो सेमिफाइनल खेल सुनसरी ११ र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ।

शनिबार हुने फाइनल खेलको विजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले तीन लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष किरण राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.