|

बुटवल :  प्रदेश ५ का आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। 

४५ जना सांसद्हरूले राखेका विचारको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले सरकारले सांसद्हरूका सुझाव समेटेर नीति कार्यक्रम र बजेट ल्याउने बताए। उनले बजेटमा भौतिक पूर्वाधारले प्राथमिकता पाउने बताए। ‘अहिले हामीले चाहेर वा नचाहेर पनि पूर्वाधार विकासलाई नै प्राथमिकता दिनुपर्नेछ,’ उनले भने, ‘त्यसपछि कृषि, पर्यटन त स्वभावतः आउँछन्।’

उनले कृषिले आम मानिसको जीवनस्तरमा परिवर्तन ल्याउने भएकाले कृषि क्षेत्रलाई पनि प्राथमिकतामै राखेको बताए। 

सोमबार प्रदेश सभामा पेश भएको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा ४५ जना सांसद्हरूले भाग लिएका थिए। उनीहरूले सरकारले नीति कार्यक्रम र बजेटमा कार्यान्वयन गर्नसक्ने योजनालाई प्राथमिकता दिनुपर्ने बताए। 

विकास निर्माणका काममा ठेकेदारहरुले लापरबाही गरेको भन्दै त्यसलाई अनुगमन र नियन्त्रण गर्दै विकास निर्माणको काम समयमै नसके कडा कारबाही गर्ने नीति ल्याउनुपर्ने बताए। 

दोश्रो दिनको छलफलमा सांसद्हरू दधिराम न्यौपाने, चेतनारायण आचार्य, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, रामजीप्रसाद घिमिरे, गीता थापा, तुलसीप्रसाद चौधरी, धर्मबहादुर लाल श्रीवास्तव, लौटी थारु, तारा जिसी, नारायणप्रसाद आचार्य लगायतले भाग लिएका थिए। 

प्रदेश सभाको आगामी बैठक यही १६ गते दिउसो १ बजे बोलाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.