|

काठमाडौं : जेठ ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हैरान’को नयाँ गीत सार्वजनिक भएको छ। फिल्म रिलिजको दुर्इ दिन मात्र बाकीँ रहँदा निर्माण युनिटले  नयाँ गीत सार्वजनिक गरेको हो।

सार्वजनिक 'दाग छैन अब जुनमा पनि' बोलको गीतमा चन्द्रमणि भट्टराईको शब्द र किरण कँडेलको संगीत रहेको छ। गीतमा युवराज चौलागाईं, इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर सुन्न सकिन्छ। निश्मा र गजित विष्ट फिचर्ड भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ।

कमेडी जनरामा निर्माण भएको फिल्मलाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन्। डेब्यु फिल्म ‘लभ यु बाबा’मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए। सामाजिक विषयवस्तुलाई समेटिएको यस फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मालगायतको अभिनय रहेको छ।

'डान्स फेभर'को ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डा. वाइएल लामा निर्माता रहेका छन्। फिल्मका कार्यकारी निर्माता सम्झना पोखरेल हुन्। गम्भीर विष्टको कथा तथा नृत्य निर्देशन रहेको यस फिल्ममा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत रहेको छ। चन्द्र पन्तको द्वन्द्व रहेको फिल्ममा नवराज उप्रेती र निरज कँडेलको छायांकन र प्रीतम पाण्डेको सम्पादन रहेको छ।

हेर्नुहोस् गीत  :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.