|

काठमाडौं : फिल्म ‘रोजी’को छाया‌ंकन सुरु भएको छ। बुधबार बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनी एनएफडिसीमा फिल्मको शुभमुर्हत गरी छायांकन प्रारम्भ भएको हो। ‘गोपीकृष्ण मुभिज’को ब्यानरमा निर्माण हुने यस फिल्ममा उद्धव पौड्याल प्रस्तुतकर्ताका रहेका छन्।

शुभमुहर्तमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का लामो कपाल, दाह्री पालेको र हातमा हतकडी लगाएर अदालतको कठघरामा उपस्थित भएको रुपमा देखा परे। उनलाई आफ्नै प्रेमिका रोजी राणाको हत्या गरेको आरोप लागेको थियो र उक्त सिनको छायांकन थियो। अदालतमा न्यायाधीशको चरीत्रमा वरिष्ठ फिल्मकर्मी उद्धव पौड्याल थिए। शुभमुहर्त कार्यक्रममा फिल्मका अन्य कलाकार परमिता राज्यलक्ष्मी शाह, मिरुना मगर, कर्मा लगायतको उपस्थिति रहेको थियो। 

निरक पौडेलको निर्देशन रहने यस फिल्मको कथा अनुप सापकोटाले लेखका हुन् भने पटकथा तथा संवाद केदार भुसालले तयार पारेका छन्। फिल्ममा अर्जुन पोखरेल र एलिस कार्कीको संगीत रहने छ। फिल्ममा कृष्ण सिवाकोटी, प्रकाश श्रेष्ठ, प्रदीप दाहाल लगायतको पनि अभिनय रहने छ। फिल्मलाई नेपालसँगै दुबई र फिलिपिन्समा छायांकन गरिने निर्देशक निरक पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.