|

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आईसिसिले घोषणा गरेको विश्व ११ टिममा स्थान बनाउन सफल भए। जबकी आइसीसीले यो सूचि गत महिना नै सार्वजानिक गरेको थियो। फेरि कसरी सन्दीप यो टिममा पर्न सफल भए ? प्रश्न उठ्न सक्छ स्वभाविक रुपमा सन्दीपले मौका त्यतिबेला पाए जब बंगलादेशी अलराउन्डर सकिब अल हसनले आफ्नो पारिवारिक कारण देखाउँदै प्रतियोगितामा सहभागि हुन नसक्ने जनाए। सकिबले छोड्नु र सन्दीपले दिल्लीमा अवसर पाउनु त्यसलाई सदुपयोग गर्नुलाई उनको मेहेनतसँगै भाग्यको पनि साथ मान्नुपर्छ। 

दिल्ली विरुद्धको चार ओभर छनोटको आधार

आइपीएलमा दिल्लीले १२ खेलमा सन्दीपलाई  प्लेइङ ११ मा उतार्यो उक्त खेलमा नै सन्दीपले आफुलाई प्रमाणीत मात्र गरेनन् विश्व क्रिकेटका हस्तीको नजरमा आफुलाई सफल बलरका रुपमा उभ्याउन सफल समेत भए। सोहि प्रदर्श नै विश्व ११ मा पर्नका लागि महत्वपुर्ण बन्यो। सन्दीपले उक्त खेलमा ६.२५ को इकोनोमीमा सर्वाधिक किफायती बलिङ गर्दे बैंगलोर विरुद्ध १ विकेट लिएका थिए भने २५ रन खर्चिएका थिए। जहाँ १० बल डट फालेका थिए। उक्त खेल नै सन्दीपको करिअरमा अर्को टर्निङ प्वाइन्टका रुपमा रहन सफल भयो। 
 

वेस्टइंडिज विरुद्ध बलिङको मौका

लर्डसमा ३१ मेमा हुने प्रतियोगितामा १७ बर्षीय लेग स्पीनर सन्दीपले  इयोन मोर्गनको कप्तानीमा रहेर वेस्टइंडिज विरुद्ध प्रतिष्पर्धा गर्ने छन्। टिममा मोर्गन र सन्दीप सहित, साहिद अफ्रिदी, तमिम इक्वाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लागन, सोएब मलिक, हार्दिक पण्ड्या , थिसारा परेरा र लुक रोन्ची रहेका छन् ।
उक्त खेलका लागि सकिब सहितको टोलीको नाम २३ अप्रिलमा घोषणा गरिएको थियो । तर उनले छोडेसँगै सन्दीपले टिममा स्थान बनाउन सफल भए। वेस्टइन्डिजमा आएको इरमा र मारिया नामक हुरिका कारण भत्कीएका पाँचवटा क्रिकेट मैदानको संरचना निर्माणका लागि रकम जुटाउने उदेश्यका साथमा मैत्रिपुर्ण प्रतियोगिता गर्न लागिएको हो।

ठुलो अवसर

विश्व ११ मा टिममा पर्न सफल भएपछि सन्दीपले आफ्ना लागि ठुलो अवसर भएको भन्दै त्यसमा सदस्य बनाएकोमा आइसिसिलाई धन्यवाद दिए। साथै उनले विश्व उत्कृष्ट खेलाडीको टिममा रहेर प्रदर्शन गर्न पाउनु आफ्नो लागि ठुलो अवसर भएको बताए। उनले भने ‘वेस्टइंडिज विरुद्धको विश्व ११ टिममा पर्न पाउनु मेरो लागि ठूलो अवसर हो टेलिभिजनमा मात्र देखिएका ठुला स्टार खेलाडीहरुसँग अभ्यास, ड्रेसिङ रुम तथा खेलमा सहभागि हुन पाउनु मेरो खेल करिअरमा अगाडि लान ठुलो मद्दत गर्ने छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.