|
फाइल फाेटाे

कञ्चनपुर : आधा किलो सुनसहित गड्डाचौकीबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बुधबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर हुँदै गड्डाचौकी नाकातर्फ जाँदै गरेको एचआर १२ एएफ ००६ नम्बरको भारतीय कारलाई सीमा चेकजाँच गर्ने क्रममा भारतीय नागरिकबाट आधा किलो सुन बरामद भएको हो।

पक्राउ पर्नेमा भारत हरियाण कैथलका ३५ वर्षीय कार चालक जितेन्द्र सोहनी र सोही ठाउँका ४५ वर्षीय सुरेशकुमार पाल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए।

सुन र कार भन्सार कार्यालय गड्डाचौकीको नियन्त्रणमा रहेको छ। पक्राउ परेका दुवैलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.