अर्थ

गाउँपालिकाको अाम्दानी : सात महिनामा पर्यटकबाट एक करोड
SHARES

जेठ ३, २०७५

    सोलुखुम्बु : पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्न थालेको खुम्बु पासाङल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा आठ करोडभन्दा बढी राजस्व संकलन गरेको छ।

    गत कात्तिकदेखि वैशाखसम्म आठ करोड २३ लाख ४१ हजार रुपैयाँ पर्यटन प्रवेश शुल्क संकलन गरेको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए। यो अवधिमा ४१ हजार १ सय ७० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन्। यसरी हेर्दा गाउँपालिकाको मासिक आम्दानी एक करोड बढी देखिन्छ।

    नेपाल पर्यटन बोर्डले टिम्स कार्ड (पदयात्री व्यवस्थापन प्रणाली) वितरण गरिरहेको भए पनि त्यसलाई निषेध गर्दै गाउँपालिकाले पर्यटन प्रवेश शुल्क संकलन गर्न थालेको हो। गाउँपालिकाले स्टेशन नै खडा गरेर खुम्बु प्रवेश गर्ने प्रति पर्यटक दुई हजार प्रवेश शुल्क संकलन गर्ने गरेको छ।

    पर्यटन बोर्डले टिम्स कार्ड वितरण गरेर करोडौं राजश्व संकलन गरे पनि खुम्बु क्षेत्रको पर्यटन प्रवर्धनमा चासो नदिएको भन्दै गाउँपालिकाले यसलाई निषेध गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए। पर्यटन बोर्डले भने गाउँपालिकाले टिम्स कार्ड निषेध गरेर प्रवेश शुल्क लिनु गैह्रकानुनी रहेको जनाउँदै आएको छ।

          

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]