|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच लामो समयदेखि जारी एकता प्रक्रिया अन्तिममा पुगेको बुधबार छापिएका प्रायः सबै दैनिक पत्रिकाहरूले महत्त्वका साथ अग्रभागमा मुख्य समाचार बनाएका छन्।

कान्तिपुर दैनिकले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम गठनबन्धन बनाएर सहयात्रा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अन्ततः एउटै कम्युनिस्ट पार्टीका रूपमा एकताबद्ध हुने छन् भनेर लेखेको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ भनेर नागरिक दैनिकले समाचार छापेको छ। नेपाल समाचारपत्रले पार्टी एकताको औपचारिक घोषणा बिहीबार बस्ने पार्टी एकता समितिको बैठकले गर्ने भएको छ एकता बिहीबार नै हुने वा नहुने भन्ने यकिन गरेको छैन।

एकताबारे अन्नपूर्ण पोस्टले बिहीबार काठमाडौं राष्ट्रियसभा संयुक्त पत्रकार सम्मेलन गरी एकीकृत पार्टीको औपचारिक घोषणा गर्ने भनी लेखेको छ। गोरखापत्र दैनिकले एकीकरणको घोषणा बिहीबार अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत गरिने भनी समाचारमा उल्लेख गरेको छ।

नयाँ पत्रिका दैनिकले मदन–आश्रिमत स्मृति दिवसको अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुरfना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका हुन् भनी समाचार प्रकाशन गरको छ। उक्त पार्टी जनमतका आधारमा इतिहासकै ठूलो पार्टी हुने उल्लेख गरेको छ। राजधानी दैनिकले एकीकरणको विषयलाई मुख्य समाचार बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.