महिनामा एक लाख पर्यटक भित्रिए

|

काठमाडौं : राष्ट्र बैंकका अनुसार अझै २४३ स्थानीय तहमा बैंक पुगेका छैनन्। केन्द्रीय बैंकले वैशाख मसान्तसम्म ६३७ स्थानीय तहमा बैंक पुर्‍याउन निर्देशन दिए पनि हालसम्म ५१० तहमा मात्र वाणिज्य बैंकका शाखा पुगेको आजको कान्तिपुर दैनिकले लेखेको छ।

यस्तै कान्तिपुरमै निरन्तर लक्ष्यभन्दा कम संकलन भइरहेको राजस्व वैशाखमा भने आठ प्रतिशत बढेको खबर छ। अर्थ मन्त्रालयका अनुसार वैशाखमा ५२ अर्ब एक करोड ८३ लाख ७५ हजार संकलन हुने लक्ष्य रहेकोमा ५६ अर्ब ४३ करोड ५९ लाख २२ हजार रुपैयाँ संकलन भएको छ।

पर्यटक आगमनमा अघिल्लो वर्ष नयाँ रेकर्ड कायम गरेको नेपालले मासिक औसत एक लाख पर्यटक भित्र्याउने गरेको छ। गोरखापत्रमा प्रकाशित समाचारअनुसार जनवरीदेखि अप्रिलसम्मको तीन महिनामा तीन लाख ८५ हजार ९०५ विदेशी नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ।

अन्नपूर्ण पोस्टले बैंक ग्यारेन्टी नहुँदा चक्रपथमा मोनोरेल सम्झौता रोकिएको समाचार लेखेको छ। लगानी बोर्डले १० करोड रुपैयाँको बैंक ग्यारेन्टीसहित काठमाडौं मोनोरेललाई निर्देशन दिएको थियो। तोकिएको समयमा बैंक ग्यारेन्टी नल्याएकाले सम्झौता नभएको बोर्डले जनाएको छ।

यही समाचारलाई नयाँ पत्रिकाले 'मोनोरेल डीपीआर अध्ययन समझदारीपत्रमा हस्ताक्षर रोकियो' शीर्षकमा लेखेको छ। डीपीआरका लागि छानिएको मलेसिया पावर ट्रेक र नेपाली ज्वाइन्ट भेन्चरमा स्थापित काठमाडौं मोनोरेल कम्पनीले पर्फमेन्स ग्यारेन्टीस्वरूप १० करोड रुपैयाँ देखाउन नसकेपछि हस्ताक्षर रोकिएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए।

कारोबार दैनिकले 'कर प्रणालीमा सरकार आक्रामक बन्दै शीर्षकमा बजेटमार्फत करको दर र दायरा बढ्ने' समाचार प्रकाशन गरेको छ। मुलुक संघीय शासन प्रणालीमा प्रवेश गरेसँगै सरकारलाई वित्तीय भार बढ्ने देखिएपछि सरकार बजेटमार्फत करको दर दायरा दुवै बढाउने मनस्थितिमा पुगेको हो।

नयाँ पत्रिकाले र्काालय पुग्नुअगाडि नै ठगिन्छन् श्रम स्वीकृति लिने कामदार शीर्षकमा कलंकी, नयाँ बसपार्क र गौशालालगायत स्थानमा बिचौलियाको बिगबिगी रहेको समाचार प्रकाशन गरेको छ। काठमाडौं उपत्यकाबाट श्रम स्वीकृतिका लागि काठमाडौं आउने कामदारहरू वैदेशिक रोजगार विभाग नपुग्दै बिचौलियाबाट ठगिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.