|

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि जितेको छ।

बिहीबार विहान भएको फाइनलमा भिडन्तमा एट्लेटिकोले फेञ्च क्लब मार्सेलीलाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो। एट्लेटिकोले पछिल्लो ९ वर्षमा तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो।

म्याड्रिडको जितमा फेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यान नायक बने उनले दुई गोल गरे। ग्रिजम्यानले २१ मिनेटमा  गोल गरेर एट्लेटिकोलाई अग्रता दिलाए। ४९ मिनेट ग्रिजम्यानले दोस्रो गोल गर्दा एट्लेटिको २–० गोलकाे अग्रता लियाे।  खेल सकिन एक मिनेट बाँकी छदा एट्लेटिकोका कप्तान गाबीले तेस्रो गोल गरे। 

एट्लेटिकोले सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि जितेको थियो। योसँगै एट्लेटिकोले सर्वाधिक उपाधि जित्ने अर्को स्पेनिस क्लब सेभिल्लाको रेकर्डसँग बराबरी गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.