|

सुनसरी : रामधुनी नगरपालिका २ कालीझोडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। करेन्ट लाग्दा रामधुनी नगरपालिका २ कालीझोडा बस्ने ३२ वर्षीय जयराम चौधरीको मृत्यु भएको हो।

बुधबार साँझ मोटर चलाएर कुखुराको खोर सफा गर्न खोज्दा चौधरीलाई करेन्ट लागेको थियो। करेन्ट लागेर बेहोस भएर लडेका उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्याइएको थियो। सोही अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका निरीक्षक अमर निरौलाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.