|

बारा : महागढीमाई नगरपालिकास्थित बारियापुर सेमरा टोलमा अागलागी हुँदा दुई घर जलेका छन्। स्थानीय सोखु गिरी र रामनिवाश गिरीकाे गोठमा बिहीबार बिहान ४ बजे अागलागी हुँदा तीन भैँसी मरेका छन्।

स्थानीय बासिन्दा र कलैया उपमहानगरपालिकाकाे वारुण यन्त्रले अाधा घण्टामा अागो नियन्त्रणमा लिएका थिए। वडा सदस्य लक्ष्मी गिरीका अनुसार आगलागीका कारण छ लाख रुपैयाँ बराबरको सामान र चौपाया जलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.