|

सुनसरी :  सुनसरी प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ।

बराहक्षेत्र –१० स्थित सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा सवारी चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुई युवालाई पक्राउ गरिएको छ। बुधबार राती १२ बजे को २५ प ६४८८ नम्वरको मोटरसाईकलमा ४३५० क्याप्सुल स्पास्मो प्रोक्सिभन र १०० एम एलको ५० बोतल डाईले्रक्स सहित धरान ८ निवासी २३ बर्षीय अजय विश्वकर्मा र २४ बर्षीय विवेक श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

पक्राउ परेका दुवैले आफुहरुले भारतबाट धरानमा विक्रीका लागि लागुऔषध ल्याएको बयान दिएको प्रहरीले जनाएको छ। उनीहरुलाई अवैध लागुऔषध ओसारपसार अन्तर्गत कार्वाहीका लागि प्रहरी हिरासतमा लिएर कार्वाही अघि बढाएको पनि जिल्ला प्रहरी कार्यालय इनरुवा सुनरीका प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.