|

तनहुँ : देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले आर्थिक अनियमितता गरेको भन्दै उपाध्यक्षसहित वडाध्यक्षहरूले बोर्ड बैठक बहिस्कार गरेका छन्।

बुधबारका लागि तय भएको बैठक उपाध्यक्ष बिमला थापासहित बहुमत सदस्यहरूले बोर्ड बैठक बहिस्कार गरेका हुन्। बहिस्कार गर्नेमा वडा नम्बर २, ३ र ४ का वडाध्यक्षसहित १० जनाले रहेका छन्। 

उनीहरूले अध्यक्ष थापासहित प्रमुख प्रशासकीय अधिकृतले उपाध्यक्षसहित बहुमत सदस्यहरूलार्ई जानकारी नदिइ हुकुमी पाराले निर्णय गरेको आरोप लगाएका छन्। गाउँपालिकाको योजना छनोट, बजेट निर्माण र बाडफाँड अध्यक्ष थापाले हुकुमी तरिकाले निर्णय गरेको उपाध्यक्ष बिमला थापाले बताइन्।

अध्यक्ष र प्रशासकीय अधिकृतले बैठक हुनुअघि एजेण्डा माग गर्दा नदिएको, बैठकमा शुरुमा नै उपस्थिति गराइ आफूखुशी निर्णय लेख्ने गरेको, उपाध्यक्षको नेतृत्वमा हुने बजेट तथा कार्यक्रम तर्जुमा समिति र स्थानीय राजस्व परार्श समितिको बैठक समेत राख्न नदिएको, हालसम्म भएका निर्णयहरु र बजेट बाडफाँड तथा खर्चसम्बन्धी विवरण हेर्न माग गर्दा उपाध्यक्षलाई समेत देखाउन मिल्दैन भनी नदेखाएको बोर्ड सदस्यहरूले आरोप छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.