|

चितवन : माडी नगरपालिकाले एक वर्षको अन्तरालमा उजुरी पर्न आएकामध्ये २५ मुद्दा सहमतिमा टुंग्याएको छ। नगरको न्यायिक समितिमा मुद्दाको छिनोफानो हुन थालेपछि सर्वसाधारणलाई अदालत जाने र ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता हटेको छ।

नगरपालिकाको न्यायिक समितिमा आएका ३५ मुद्दामध्ये २५ को टुंगो लागेको र बाँकी मुद्दा प्रक्रियामा रहेको नगरपालिकाको न्यायिक समितिका संयोजक एवं उपप्रमुख ताराकाजी महत्तोले जानकारी दिइन्।

नगरपालिकामा जाहेर भएका मुद्दामध्ये सबैभन्दा बढी अंशबण्डा र साँध–सीमानाका थिए। त्यसपछि सम्बन्धविच्छेद, दृष्टि बन्धकका मुद्दा समेत न्यायिक समितिमा दर्ता भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.