|

खजुरा (बाँके)  : गाडीले ठक्कर दिँदा कोहलपुरमा एक जनाको मृत्यु भएको छ। कोहलपुर–१० रामनगरमा गएराति भे १ ज ६५५ नम्बरको गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय ऋषिराम चापागाँईको मृत्यु भएको हो । 

गाडीको ठक्करबाट घाइते चापागाँईलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको थियो। उपचारकै  क्रममा  उनको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ। मृतक चापागाँई शिक्षक हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.