|

काठमाडौ :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्व ११ मा छनोट भएकोमा बधाई दिएका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फट बधाई ओलीले भनेका छन्।

नेपाली युवा क्रिकेट स्पिनर सन्दीप लामिछाने आईसीसी विश्व–११ का तर्फबाट इङल्याण्डको लर्डस् क्रिकेट मैदानमा हुने खेलका लागि छनौट हुन सफल भएकामा नेपाली खेल जगतसँगै म पनि हर्षित छु। नेपाली युवा खेलाडीको यस सफलताका लागि हार्दिक वधाई तथा शुभकामना ब्यक्त गर्दछु।

 

इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली डेयर डेभिल्सको टिममा रहेका सन्दिपले डेब्यु म्याचमा नै उत्कृष्ट प्रदर्शन गर्दै ४ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिएका थिए। त्यससँगै उनी इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा हुने विश्व ११ टिममा परेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.