समाज

सगरमाथाको शिखरमा गोरखाकी फुन्जो
SHARES

जेठ ३, २०७५

    गोरखा : चुमनुब्री गाउँपालिका छेकम्पारकी फुन्जो लामाले सगरमाथाको सफल आरोहण गरेकी छन्। उनी बिहीबार बिहान ६ बजे सगरमाथाको शिखरमा पाइला टेकेकी हुन्।

    फुन्जोले सफल आरोहरण गरेकी उनका श्रीमान धावा ग्यान्जेन लामाले जानकारी दिए। अमेरिकाको डेनाली हिमाल आरोहण गरेर हिमाल आरोहणको यात्रा सुरु गरेकी फुन्जोले आधा दर्जन हिमालको सफल आरोहण गरिसकेकी छन्।

    उनी ०४३ मा छेकम्पार बुर्जीगाउँ (चुम भ्याली) मा एउटा सामान्य परिवारमा जन्मेकी हुन्। फुञ्जोको गाउँ गोरखा सदरमुकामदेखि एक हप्ताको पैदल यात्रा पछि मात्रै पुगिन्छ। फुन्जोले चोयु, आमाडब्लम, लापुछे, मनास्लु हिमालको सफल आरोहण गरेकी छन्। यस्तै, फ्रान्सको मोमलङ हिमाल पनि आरोहण गरिसकेकी छिन्।

    गोरखाको हिमाली भेग चुमभ्यालमीमा हुर्केबढेकी उनलाई सानैदेखि हिमाल आरोहणमा पनि रुचि थियो। उनी हिमालय पथप्रदर्शक, लङलाइन उद्धारक, हिमाल आरोही र खेलाडीको रुपमा पनि परिचित छिन्। 

    उनले हेलिकप्टरमा झुन्डिएर आठ हजार मिटरभन्दा अग्लो हिमालको खोँचमा फँसेकालाई उद्धार गर्ने गरेकी छन्। यसरी उद्धारमा खटिने उनी पहिलो नेपाली महिला हुन्। हिमाल आरोहणसँथै उनी रक क्लाइम्बिङ, स्की, टेनिस, भलिबलमा दक्ष छन् । उनी स्कीका गतवर्ष राष्ट्रिय च्याम्पियन समेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]