राजनीति

पार्टीको केन्द्रीय समिति विघटन गर्न माओवादी बैठक खुमलटारमा
SHARES

फाइल फाेटाे
जेठ ३, २०७५

    काठमाडौं : माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्यको बैठक सुरु भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्न लागेको बैठकले नेकपा एमालेसँग हुन लागेको पार्टी एकताको सहमतिलाई पारित गर्ने र माओवादी पार्टीको केन्द्रीय समिति विघटन गर्ने कार्यतालिका रहेको माओवादीले जानकारी दिएको छ।

    पार्टी स्रोतका अनुसार आजको बैठकले पार्टीको केन्द्रीय समिति विघटन गर्ने र नेपाल कम्युनिस्ट पार्टी गठनको कार्यलाई पारित गर्ने बताइएको छ।

    माओवादीसँगै एमालेले पनि पार्टीको केन्द्रीय कमिटी विघटन गर्नका लागि बैठक बोलाएको छ। एमलेको बैठक प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।

    यसअघि आजै पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो। दुई पार्टीले एकताको घोषणाका लागि राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलनको आयोजना गर्दैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]